संविधानको रक्षा गर्ने चुनौती आयोः बरिष्ठ नेता पौडेल

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताउनुभएकाे छ ।

कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिनुभएकाे हाे ।

‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उहाँले बैठक पछि भन्नुभयाे, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उहाँले संक्षिप्त प्रतिक्रिया दिदै भन्नुभयाे ।  उहाँ आफ्नो उम्मेदवार दर्ता गराउनका लागि सानेपावाट निस्किनु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?