निर्वाचित भएमा जनताले अनुभूति हुने गरी काम गर्छु : सुवास नेम्वाङ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए पछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्ने बताउनु भएको छ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफनो उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बिगतमा राजाको सन्तानले राष्ट्रप्रमुख भएर काम गर्ने प्रचलन तोडेर जनताको छोराले राष्ट्रप्रमुख हुने भुमिका आएको जनाउँदै नेम्वाङले भन्नुभयो, ‘निर्वाचित भएमा जनताले अनुभूती गर्ने गरी काम गर्नेछु ।’

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक हुनुहुन्छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको छ ।

नेम्वाङले अहिले बनेको आठ दलीय गठबन्धनबारे भने आफूले कुनै टिप्पणी नगर्ने प्रतिक्रिया दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?