भोजपुर सदरमुकाममा जिल्ला स्तरीय राष्ट्रपति कप सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुर सदरमुकाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा प्रदेश खेलकुद बिकास बोर्ड, १ नम्वर प्रदेश बिराटनगरको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

सदरमुकाममा रहेको बिद्योदय माविको खेल मैदानमा शनिवारबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनौट भएकाहरुको सहभागितामा जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको जिल्ला खेलकुद बिकास समितिका प्रमुख ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिताको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले उदघाटन गर्नुभयो ।

सोक्रममा नगर प्रमुख आलेले राज्यले अझैपनि खेल क्षेत्रलाई प्राथमिकतामा नराख्दा खेलाडीहरु पलायनको क्रम बढदै गएको बताउनुभयो । शिक्षासँगै खेलकुदलाई पनि सँगै अगाडी बढाउन नगर प्रमुख आलेले खेलाडीहरुलाई आग्रह गर्नुभयो । जिल्ला स्तरीय प्रतियोगितामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका र हतुवागढी गाउँपालिकाका बिद्यालयबाट आएका खेलाडीहरु सहभागि छन्।

सोक्रममा भोजपुरबाट नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका उत्कृष्ठ खेलाडीहरुलाई नगद सहित सम्मान पत्रबाट सम्मानित गरिएको छ । नगर प्रमुख आले र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दावा शेर्पाले खेलाडीहरुलाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी प्रमुख डिएसपी शरद कुमार थापा क्षेत्री, शसस्त्र प्रहरी बलका प्रमुख डिएसपी दिनेश श्रेष्ठ, पत्रकार, राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?