पहिलो पटक क्यानको साधारण सभा कर्णाली प्रदेशमा हुने

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ ।

क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो ।

दुई दिनसम्म सञ्चालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक–एकजना गरी करिब ८७ जना सहभागी हुने छन्। साधारणसभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरी भएका उपलब्धी बारे छलफल हुनेछ।

शनिबार गरिएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको र त्यसका लागि पहिलो पटक कर्णाली प्रदेशमा साधारणसभा आयोजना गरिएको जनाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?