चितुवाको हड्डीसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

डडेल्धुरा । अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय  राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?