ओरियन्टल नयाँ च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओरियन्टल एकेडेमीले १५औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा ओरियन्टलले न्युस्टार पोललाई १-० गोलले पराजित गर्दै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो । राहुल तामाङले निर्णायक गोल गर्नुभयो । उपाधिसँगै ओरियन्टलले ३० हजार तथा न्युस्टार पोलले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गेटवे एकेडेमीले गोल्डेन बडलाई हरायो । गेटवेले १० हजार तथा गोल्डेन बडले ५ हजार नगद पुरस्कार पाए । ब्रहृमकुञ्ज अनुशासित टिम बन्यो ।
गेटवेका दर्शन केसी उदीयमान खेलाडी चुनिनुभयो । ओरियन्टलका निकेश बस्नेत उत्कृष्ट गोलरक्षक, न्युस्टार पोलका योगेश विष्ट उत्कृष्ट डिफेन्डर, गोल्डेन बडका अनुप खत्री उत्कृष्ट मिडफिल्डर, ओरियन्टलका राहुल तामाङ उत्कृष्ट फरवार्ड तथा ओरियन्टलकै रकि डंगोल उत्कृष्ट प्रशिक्षक चुनिनुभयो ।

विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, फेकाका अध्यक्ष श्रीराम दाहाल, प्रतियोगिता संयोजक मुरारीप्रकाश सञ्जेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । नकआउट प्रतियोगितामा २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?