सिटीको सानदार जित

Read Time = 3 mins

लण्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ । सिटीले बर्नमाउथलाई चार-एकले पराजित गरेको हो । सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालाण्ड र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काउनुभयो ।

१५औँ मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले अग्रता लिएको थियो । २९औँ मिनेटमा हालाण्डको गोलबाट सिटीले अग्रता दोब्बर पा¥यो । ४५औँ मिनेटमा फिल फोडेनले गोल गरेको सिटीका लागि ५१औँ मिनेटमा क्रिस मेपामले आत्मघाती गोल गर्दै एक गोल थप्नुभयो ।

त्यसपछि ८३औँ मिनेटमा जेफर्सनले एक गोल फर्काउनुभएको थियो । यस जितले सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ । पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औँ स्थानमा छ ।

अर्काे खेलमा लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । यस बराबरीले लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौँ स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औँ स्थानमा छ ।
दोस्रो हाफमा ब्राजिली युवा विंगर गाब्रिएल मार्टिनेलीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो शीर्षतालाई निरन्तरता दिन सफल भएको छ ।

यता, आर्सनलले पनि लेस्टर सिटीमाथि १-० को जित निकाल्यो । आर्सनलको जितमा दोस्रो हाफमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्नुभयो । यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको २४ खेलबाट ५७ अंक पुग्दा एक खेल बढी खेलेको सिटीलाई २ अंकले पछि पारेको छ । सिटीको ५५ अंक छ । पराजित लेस्टर २४ अंक जोडेर १४औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?