एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाको अध्यक्षमा धिताल चयन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाको अध्यक्षमा जयशंकर धिताल चयन हुनुभएको छ ।

जिल्लामा आयोजना गरिएको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष धितालको नेतृत्वमा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको नवनिर्वाचित सचिव भीमबहादुर विकले बताउनुभयो । सदरमुकाममा खलंगामा आयोजित जिल्ला अधिवेशनले आइतबार धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । तीन वर्षे कार्यकालका लागि धितालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित सचिव विकका अनुसार उपाध्यक्षमा कर्णबहादुर खत्री, सचिवमा भीमबहादुर विक, कोषाध्यक्षमा सविना शाही चयन भएका छन् ।

त्यस्तै सदस्यमा मीना गुरुङ, धनविरि नेपाली, हैजली योगी, जयलाल प्याकुरेल, परिमल बस्नेत, वलविर थापा, पार्वति चौलागाई, गोरवहादुर रावात, नवराज कार्की ,मिना भण्डारी, प्रेमराज शर्मा, लक्ष्मी सुनार निर्वाचित भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष धितालले शिक्षकका हक अधिकारका लागि सधैं लागि पर्ने बताउनु भयो। उहाँले अब समग्र संगठनले खेल्नुपर्ने महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

थप संगठनलाई मजबुत गर्नेका लागि सबै संग सहकार्य समन्वयबाट काम गरिने नवनिर्वाचित अध्यक्ष धितालको भनाइ छ । अघिल्लो कार्यालयमा धितालले संगठनको सचिव भई काम गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?