सागर उदासका दुई कृति विमोचन

Read Time = 3 mins

काठमाडौं । गीतकार सागर उदासका दुई गीति कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ विमोचन गरिएको छ । गण्डकी वाङ्यमय प्रतिष्ठान तनहुँका अध्यक्षसमेत रहनुभएका सागरका काठमाडौंमा एक कार्यक्रमबीच दुई गीति कृति विमोचन गरिएको हो । वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा कन्सेप्ट नेपालको व्यानरमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि मुकारुङले गीत सिर्जनामा सागर निकै ऊर्जाशील भएको बताउँदै गीतमा पनि नयाँ-नयाँ प्रयोग हुनुपर्ने बताउनुभयो । वरिष्ठ गजलकार ललिजन रावलले गीतकार उदास गीति चेतनाले भरिएका सर्जक भएको दाबी गर्नुभयो । वरिष्ठ गीतकार रमेश पौडेलले साहित्यमा राजधानी र मोफसलको साँध-सीमा भत्कनुपर्ने तर्क राख्दै सागर अर्गानिक गीतकार भएको जिकिर गर्नुभयो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले कृतिको समीक्षा गर्दै सागरका गीत सबैको मन छुने खालका भएको बताउनुभयो ।

संगीतकार बिबी अनुरागीले सागरमा गीतमा दुई दशकअघि नै आफूले संगीत भरेको र उहाँका गीत मर्मश्पर्शी हुने बताउनुभयो । अर्का गायक तथा संगीतकार राजनराज शिवाकोटीले कृतिका गीतले संगीत भर्ने ऊर्जा दिएको सुनाउनुभयो । गीतकार सागरले आफू बर्मामा जन्मे पनि पुख्र्यौली थलो तनहुँको माटोले गीतकार बनाएको अनुभव सुनाउँदै अनलाईबाटै आमाको शुभेच्छा सुनाउनुभयो ।

कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यको अध्यक्षतामा भएको विमोचन समारोहमा गीतकारका बारेमा कवि गीतकार दीपेन्द्र थापा र सुरेन्द्र रानाले गीतकार सागरले आफ्नो उपनाम उदास नभई रसिक राख्नुपर्ने सुझाउनुभयो । चालीसको दशकदेखि साहित्य सिर्जनामा लाग्नुभएका अर्जुन अधिकारी ‘उर्फ’ सागर उदासका यसअघि सागरभित्रका कणहरू गीतसंग्रह, आभार गीति एल्बम, रवि गीति एल्बम प्रकाशित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?