निर्माण व्यवसायी र प्रधानसेनापतिबीच वार्ता

Read Time = 1 min

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीले काम पाउने गरी अन्तर्राष्ट्रियस्तरको बोलपत्रभन्दा राष्ट्रियस्तरको बोलपत्र आहृवान गर्न आग्रह गरेको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटी यस्तो आग्रह गरेको हो । स्वदेशी निर्माण कम्पनीले काम पाउँदा आयोजनाप्रति अपनत्व महसुस गर्ने, नेपाली मुद्रा विदेश जानबाट रोकिने र आयोजना समयमा सम्पन्न हुने महासंघको भनाइ थियो ।

प्रधानसेनापति शर्माले महासंघको सुझावलाई सकारात्मकरूपमा लिँदै नेपाली निर्माण कम्पनी पनि आफूले सक्षम पाएकाले महासंघका सुझाव कार्यान्वयन गर्न पहल हुने आश्वासन दिएको महासंघले जनाएको छ । प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेम सिंह ऐर हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?