आइसिसी विश्वकप छनोट : नेपाललाई पपुवा न्युगिनीमाथि जित्नै पर्ने दबाब

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल  सोमबार(आज) पपुवा न्युगिनीसँग खेल्दैछ ।

सिरिज दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा हुन लागेको हो ।

यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ । नेपाल उच्च प्रदर्शन गर्ने सोचसहित मैदानमा उत्रदै छ ।

तर, विदेश जान रोक लगाएका कारण क्रिकेटर सन्दीप लामिछाने बिनाको यो खेलमा नेपाललाई जित हासिल गर्न भने निकै सकस हुनेछ । यस अघिका चारवटै खेलमा सन्दीपले कुल ११ विकेट लिएको स्मरण भने दुबईमा गरिनेछ ।

लामिछाने बिनाको यो खेललाई लिएर क्रिकेट प्रेमी धेरैको नजर परेको छ । यद्धपी, लगातार चार खेल जितेका नेपाली खेलाडी पपुवा न्यगिनीलाई सहजै हराउने विश्वासमा छन् ।

तर, पपुवा न्युगिनीलाई कमजोर भने नेपालले आँक्नु हुँदैन् किनभने गतवर्ष पपुवा न्युगिनीले नेपाललाई टियु मैदानमा दुवै खेलमा पराजित गरेको इतिहास छ । त्यसैले यो खेलमा नेपालले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

दुबईमा हुने यो प्रदर्शनसँगै नेपाली क्रिकेटको आगामी चार वर्षको भविष्य निर्धारण हुनेछ । यो खेलमा जीत हासिल गर्ने नेपाल, युएई र नामिबिया मध्ये एक टोली सोझै विश्वकप छनोटमा पुग्दैछन् ।

यस समूहका स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब तीन देश मध्ये एक बिश्वकपमा जाने भएकाले दुबईमा हुने खेललाई महत्वका साथ हेरिएको छ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने जीत्नु पर्ने दबाब छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?