खाद्य स्वच्छता : संसदमा विधेयकमाथि छलफल, ललितपुरमा तालिम

Read Time = 3 mins

ललितपुर । नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तालिम साथै आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था ‘क्वालिटी एक्सेल’ ले आइ.एस.ओ. २२००० अन्तर्गत आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर व्यवस्थापन प्रणालीमा विगत एक दशकभन्दा अघिदेखि परामर्श, अडिट साथै तालिमका अनुभवी युएसएडअन्तर्गत फूड इन्टरप्राइज् सोलुसनन्समा खाद्य स्वच्छता विशेषज्ञका रुपमा कार्यरत् निर्वेक श्रेष्ठले प्रमुख प्रशिक्षकका रुपमा दिनुभएको तालिममा विभिन्न खाद्य प्रशोधन उद्योगमा कार्यरत् दक्ष व्यावसायिक पेशाकर्मीहरु सहभागिता भएका थिए।

तालिममा विभिन्न खाद्य प्रशोधन उद्योगमा खाद्य स्वच्छता सम्बन्धी चुनौति तथा अवसरहरुका बारेमा सहभागी सबैले आ–आफ्ना अनुभव र वास्तविकताबारे छलफल गरेका थिए।

प्रतिनिधिसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धमा छलफल जारी रहेको अवस्थामा सञ्चालित तालिममा विभिन्न उद्यमि तथा व्यवसायीबीच खाद्य स्वच्छता सम्बन्धी आधारभूत छलफल चलाइएकोलाई सान्दर्भिक र उपयोगी मानिएको छ।

क्वालिटी एक्सेल प्रा.लि. का परामर्श अधिकृत सनिल जोशीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई खाद्य स्वच्छता सम्बन्धी विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, खाद्य स्वच्छता व्यवस्थापन प्रणालीका सिद्धान्त तथा उद्देश्यहरु साथै आधारभूत आवश्यकताहरुका बारेमा जानकारी दिनुका साथै प्रयोगात्मक र अन्तकृयायात्मक रुपमा सम्पन्न गरिएको थियो।

तलिममा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीका आधारभूत आवश्यकताहरूमा टेकेर कुनै पनि किसिमका खाद्य प्रशोधनमा आवद्ध संस्थामा आन्तरिक अडिट कसरी गर्ने भन्ने सम्बन्धमा तालिममा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान साथै सीप प्रदान गरिएको थियो। तालिम ललितपुरको रिभाइभ लिजर पार्कमा सम्पन्न गरिएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?