भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवन बनाउन प्रक्रिया सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको एक मात्र टक्सारमा रहेको विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने प्रक्रिया सुरु गरिएको छ । भवन निर्माणका लागि नापजाँच र नक्सा बनाउने कार्य थालिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदनकिराँतीको पहलमा बिमानस्थलमा सुबिधा सम्पन्न टर्मिनल भवन निर्माणका लागि प्रक्रिया अगाडी बढेको छ । बिमानस्थलका बिषयमा गृह जिल्ला भोजपुर आउने क्रममा मन्त्री किराँतीलाई कर्मचारीहरुले बिमानस्थलका बिषयमा जानकारी गराएका थिए । बिमानस्थल कालोपत्रे भएपनि टर्मिनल भवन र टावर पुरानै मर्मत संभार गरेर चलाईएका कारण समस्या हुदै आएको नेपाल बायु सेवा निगम भोजपुरका स्टेशन मेनेजर प्रकाश खडकाले बताउनुभयो । प्रमुख खडकाले भन्नुभयो, “बिगतमा बनेको पुरानो भवनले काम चल्दैछ, नयाँ भवन यात्रुहरुका लागि पनि आवश्यक छ ।”

भोजपुरमा २०३५ सालबाट निर्माण कार्य भएर २०३६ देखि संचालनमा आएको एक मात्र बिमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले उडान भर्दे आई रहेको छ भने केही समय निजी कम्पनी तारा एअरलाइन्सले पनि उडान गरेको थियो । इतिहास बनेको बिमानस्थलको मर्मत सुधार आवश्यक देखिएकाले यसमा सवै पक्षले ध्यान िदन जरुरी देखिएको उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो ।

टक्सारमा रहेको बिमानस्थल पाँच सय ४५ मिटर लम्बाई र २० मिटर चौडाईको रहेको

छ । बिगतमा बिमानस्थल स्तरोन्नती हुन नसक्दा जोखिम मोलेर भए पनि भोजपुरमा हवाई उडान हुदै आइ रहेको थियो । दुर्गम जिल्लाभएकाले बृद्धबृद्धा तथा जिल्ला अस्पतालबाट अन्यत्र लग्न सिफारिस गरिएका नागरिकहरुका लागि उडान अनिवार्य बनेको छ ।

“भोजपुर जिल्लाको एक मात्रबिमास्थल सुधारका लागि मन्त्री आफै लागि पर्नु भएको छ, नयाँ टर्मिनल भवन निर्माण प्रक्रियाका लािग अहिले प्रक्रिया अगाडी बढाईएको छ ।” संस्कृति, पर्यटन तथानागरिक उडययन मन्त्री किराँतीका स्वकिय सचिव नगेन्द्र भुजेलले भन्नुभयो । फागुन महिना भित्रमा प्रक्रिया सक्ने गरी कामगर्न पहल थालिएको छ । मन्त्री किराँती सहितको टोलीले बिमानस्थलको अवलोकन समेत गरेको छ ।
जिल्लामा उडान नियमित गर्नका लागि पनि नयाँ टर्मिनल भवन आवश्यक भएको र त्यसका लागि प्रक्रिया समेत सुरु गर्न लागिएकोमा जिल्लावासी नागरिक पनि उत्सायी देखिएका छन्।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?