नेपालको लगातार तेस्रो जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसिसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । सोमबार नेपालले हङकङलाई नौ विकेटले पराजित गरेको हो । युएईस्थित मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा आकाश त्रिपाठीले ७१ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५८ रनको पारी खेल्नुभयो । यो प्रतियोगितामा उहाँको लगातार दोस्रो अर्धशतक हो । यस्तै, उत्तम थापाले ५० बलमा चार चौकाको सहयोगमा अविजित ३९ रन तथा अर्जुन कुमालले १६ रन बनाउनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर तीन बलमा अलआउट हुँदै १२० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवत ३६ तथा मोहम्मद जाहिरले २९ रन बनाउनुभयो । नेपालका लागि हेमन्त धामीले तीन तथा आकाश चन्द र सुवास भण्डारीले समान दुई-दुई विकेट लिनुभयो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता छ । तेस्रो खेल (२८ तारिख मंगलबार) मा मलेसियाको सामना गर्ने नेपालले २ मार्चमा युएईसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?