अमेरिकामा ‘थेत्लङ’

Read Time = 3 mins

काठमाडौं । लिम्बू भाषाको चलचित्र ‘थेत्लंङ्’को विशेष प्रदर्शन अमेरिकामा गरिएको छ । किरात याक्थुंङ् चुम्लुंङ् टेक्सासको आयोजनामा टेक्सासको डालस स्थित लिफ करि एण्ड रेस्टुरेन्ट वारको सभाहलमा चलचित्रको विशेष प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा संयोजक कृष्णजंग लिम्बूको विशेष योगदान रहेको थियो भने किरात याक्थुङ चुम्लुङ टेक्सासका अध्यक्ष तोङ्सा योङ्या लिम्बू, सेरि ताम्लिङ सेनिहाङ, दिल सेनिहाङ, चलचित्र ‘वगर’ र ‘भेडिगोठ’का नायक, निर्माता नरेन्द्र सेन्दाङ, त्यस्तै लिम्बू चलचित्रका नायक आशिष लिङ्देन, दुर्गा जवेगुलगायत कियाचु टेक्सास परिवारका सदस्यहरू र डालस वरिपरिका सबै लिम्बू तथा गैरलिम्बूहरूको अथक प्रयास, लिम्बू चलचित्र र कलासंस्कृति प्रतिको सकारात्मक सहयोगले नै व्यापक रूपमा सफल प्रदर्शन सम्भव भएको चलचित्रका निर्देशक किशोर सुब्बाले जानकारी दिनुभयो ।

मनि ताम्लिङको प्रस्तुति रहेको चलचित्र सिक्किमका साहित्यकार देउमान होन्दोक लिम्बूको उपन्यासमा आधारित छ । जसमा पटकथा संवाद र अनुवाद सागर केरुंङको छ भने निर्माण मनि ताम्लिङ् र विराज लिम्बूले गर्नुभएको हो ।

चलचित्रमा विशाल सेनेहाड, दिव्या लिम्बू, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बू, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुंङ, सुखवीर लिम्बूलगायत कलाकारको अभिनय छ । ओपेरा क्रियशन्स प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र ‘थेत्लङ’ सिक्किमको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो ।

विभिन्न कार्यक्रमसहित ‘थेत्लङ’ प्रदर्शन गरिएको कार्यक्रममा निर्देशक किशोर सुब्बालाई कियाचु टेक्सासका अध्यक्षबाट सम्मान गरिएको थियो । निर्देशक सुब्बा अहिलेसम्म लिम्बू भाषाको सबैभन्दा बढी चलचित्र निर्देशन गर्ने निर्देशकमा पर्नुहुन्छ । उहाँले ‘तुम्दंङ’, ‘शाक्थिम’, ‘एउटा कथा’, ‘लाजेरेन् थोक्ला’, ‘अम्लारीफूङ’, ‘हेल्लुक्वा’, ‘साम्’, ‘थेत्लङ्’लगायत चलचित्र निर्देशन गर्नुभएको छ ।

निर्देशक सुब्बाले नेपाली, थारू, जोंखा भाषाको सानो ठूलो गरेर करिब ४० वटा चलचित्र निर्देशन गर्नुभएको छ भने हाल न्यूयोर्कबाट ‘हेल्लो अमेरिका’ कार्यक्रम सञ्चालन गरिरहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?