पोखरामा पनि सेगवेको शोरुम

Read Time = 1 min

पोखरा । सेगवे इ-स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता आइहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारका लागि महत्वपूर्ण कोशेढुंगा साबित गरेको कम्पनीले जनाएको छ ।

शोरुम सुरुवातसँगै कम्पनीले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताका रूपमा ग्राहकको सम्मानस्वरूप नयाँ रूखरोपण अभियानसमेत घोषणा गरेको छ । सेगवेले पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ-स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?