काठमाडौं । नेपालको व्यावसायिक मुरारका ग्रुुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उद्योग स्थापना गर्ने भएको छ । नेपालमा करिब तीन मिलियन वर्गमिटर वार्षिक क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो । सोमबार दुवै कम्पनीले काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै उक्त सहकार्यको घोषणा गरेका हुन् ।
सो अवसरमा मुरारका ग्रुुपका प्रबन्ध निर्देशक पशुपति मुरारकाले भन्नुभयो, ‘मुरारका ग्रुुप आफ्ना ग्राहकलाई सदैव गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टायलको आवश्यकता परिपूर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । साथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’ सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीले भन्नुभयो, ‘नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरका टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउनेमा हामी विश्वस्त छौँ ।’
दुई अर्ब लगानीमा नेपालको भैरहवामा स्थापना हुने उद्योगको उत्पादन क्षमता ३० लाख वर्गमिटर रहेको मुरारकाले जानकारी गराउनुभयो । हाल नेपाली बजारमा हाल एक करोड ८० लाख वर्गमिटर टायल खपत हुँदै आएको उहाँले बताउनुभयो । नेपालमा खपत हुने टायल ९५ प्रतिशत विभिन्न देशबाट आयात हुने गरेको छ । टायलका लागि आवश्यक कच्चा पदार्थ नेपालमै उपलब्ध रहकाले टायल उद्योगले नेपालको आयात प्रतिस्थापनमा सहयोग पुग्न सक्ने मुरारकाले बताउनुभयो । सोमानी सेरामिक्सका प्रमुख अभिषेक सोमानीले भारतले विश्वभर व्यापार गर्ने भए तापनि टायल उत्पादन भारतमै भइरहेको जानकारी गराउँदै नेपालमा निर्माण हुन लागेको टायल उत्पादन प्लान्ट कम्पनीको पहिलो अन्तर्राष्ट्रिय प्लान्ट रहेको बताउनुभयो । हाल प्लान्ट निर्माणाधीन रहेकाले यसै वर्षको अन्त्यमा उत्पादन सुरु हुने बताइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका