उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको संयुक्त बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा पार्टीको सहभागीताबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

शुक्रबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बस्न लागेको हो । गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो ।

उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आजै साँझ सार्वजनिक हुने बताइएको छ ।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय यादव र जनमतकी ममता झा चुनावी मैदानमा हुनुहुन्छ। सत्तारुढ गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेकाले जसपाकी प्रमिलाकुमारी यादव पछि हट्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?