इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालतले आत्मसमर्पण गर्न आदेश दिएको छ ।
खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित हुन आदेश दिएको हो ।
त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्याएर खानमाथि दबाब बढाएको हो ।
इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।
खानविरुद्ध अहिले सरकारी संरक्षित खजना सस्तो मूल्यमा खरिद गरेर अर्बौँ रुपैयाँ बिक्री गरेको आरोपमा अदालतले गिरफ्तारीको आदेश दिएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच