-सरोज निरौला
उदयपुर । जवरजस्ती करणी अभियोगमा दोषी ठहर भएर पनी भागेर लुकी बसेका एक फरार अभियुक्तलाई काठमाडौँबाट प्रहरीले प्रकाउ गरेको छ।
झण्डै डेढदशकदेखी जवरजस्ती करणी मुद्धामा अदालतले दोषी सावित गरे पनि फरार रहेका उदयपुर जिल्लाको कटारी नगरपालिका-३ का अभियुक्त पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार जवरजस्ती अभियोगमा जिल्ला अदालत उदयपुरको ०६६ असार १७ गते बसेको इजलासले दोषी करार गर्दै ५ वर्ष कैद सजाय सुनाए पनि भाग्दै आएका ३४ वर्षीय विजय माकाजु श्रेष्ठ खोजतलासको क्रममा पक्राउ परेका हुन ।
काठमाडौंमा लुकिबसेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी बृत्त गौशालाको समन्वयमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताउनुभयाे।
पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याएर फैसला कायान्वयन गर्नका लागि उदयपुर जिल्ला अदालतको जिम्मा लगाइसकेको छ । प्रहरीले जिम्मा लगाएलगत्तै अदालतले उनलाई कैद भुक्तानका लागि कारागार शाखा पठाईसकेको डिएसपी पोदारले बताउनुभयाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका