साधारणसभाको तयारीमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले यहि चैत्र १८ र १९ गते साधारण सभा कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा गर्ने निश्चित भएपछि अतिथिहरुलाई निम्ता दिन थालेको छ ।

महासंघको प्रदेश कार्यसमितिको आयोजना तथा कालीकोट शाखाको आथित्यतामा चैत्र १८ र १९ गते साधारण सभा कालीकोटको नरहरिनाथ गाउँपालिकामा हुने भएपछि नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्ट नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देविराम देवकोटा र महासचिव खगेन्द्रप्रसाद भट्टराईको टोली निम्ता दिन संघिय राजधानी काठमाडौंमा व्यस्त रहेको छ ।

साधारण सभाका लागि सचिवालयसहित विभिन्न समिति र उपसमितिहरू निर्माण गरी महासंघका पदाधिकारीसहित गाउँपालिका अध्यक्ष काठमाडौं गएका हुन् ।

साधारण सभाको उद्घाटनका लागि निम्ता दिन महासंघको टोली अहिले काठमाडौं रहेको छ । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देविराम देवकोटा र महासचिव खगेन्द्र प्रसाद भट्टराई बिहिवार राष्ट्रपति रामचन्द्र पौडेलसंग भेटघाट गरी साधारणसभाका लागि कालीकोट आउन निम्ता दिनुभएकाे छ ।

कालीकोटको पहिचान भाषा संस्कृतिको जर्गेना, पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्द्धनका लागि इतिहासमै पहिलो पटक महासंघको साधारण सभा कालीकोटमा हुँदैछ । २०४२ सालदेखि निमार्ण कार्य सुरु गरिएको कालीकोटको पहिचान झल्काउने सुनथराली विमानस्थलमा महासंघको साधारण सभा गर्न लागिएको हो ।

३६ जना मजदुरले आफ्नो ज्यानको आहुति दिएको सुथराली विमानस्थलमा महासंघको साधारण सभा हुने भएपछि कालीकोट बासी खुसी भएका छन् ।

महासंघको साधारण सभा सम्पन्नका लागि जिल्ला समन्वय समिति र कालीकोट जिल्लाका ९ वटै स्थानीय तहले ऐक्यवद्धता जनाएका छन् । साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने छ ।

साधारण सभामा महासंघका १० जिल्ला शाखा, १० प्रदेश कार्यसमिति गरी ३ सय भन्दा बढी सदस्यको सहभागिता हुने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?