बसको ठक्करबाट बालकको मृत्यु

सांकेतिक तस्बिर

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 1 min

बारा । बाराको सदरमुकाम कलैयामा शुक्रवार बिहान स्कुल बसको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

वीरगन्ज स्थित गुरुकुल एकेडमीको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिक एकजना बालकको ज्यान गएको बारा प्रहरीले जनाएको छ ।

ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-१ मोतीबागका विनोद साह सोनारका तीन बर्षीय छोरा कार्तिक साह सोनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनु भयो ।

बस र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?