फिल्म फेस्टिबल राज्यको फण्डिङमा प्रायोजित हुनुपर्छः अध्यक्ष पाठक

Read Time = 12 mins

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अहिले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा सञ्चालन भइरहेको छ । चैत्र २ गतेदेखि शुरु भएको मेलामा ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट छनोट गरी ३५ देशका ९५ चलचित्र प्रदर्शन भइहरेका छन् ।

यी चलचित्रको प्रदर्शन चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन भइरहेको छ । ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी (बिहीवार) प्रदर्शन भइसकेको छ । सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिने आयोजकले बताएको छ ।

विगतका तुलनामा यस पटक उल्लेख्य मात्रामा फिल्म मेकर र दर्शकहरु आएका छन् । मेला अझै ३ दिन अर्थात् ६ गतेसम्म सञ्चालन हुनेछ । यही सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले निफका अध्यक्ष केपी पाठकसँग कुराकानी गरेको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष पाठकले सरकारले चलचित्र क्षेत्रलाई महत्व नदिएको गुनासो गर्नुभयो ।

उहाँले सरकारले यस्ता महोत्सवहरुलाई वार्षिक कार्यक्रममा नसमेटेसम्म यी मेलाहरुको महत्व बढ्न नसक्ने बताउनु भयो । उहाँले सरकारले प्राथमिकता दिएर यस्ता चलचित्र महोत्सवहरुलाई वार्षिक रुपमा बजेट छुट्याइदिए अर्को वर्षको निफ सातै प्रदेशमा फिल्म फेस्टिबल गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सातै प्रदेशमा फिल्म फेस्टिबल गर्दा अन्तर्राष्ट्रिय स्तरका फिल्महरु सबै नागरिकहरुले हेर्न पाउने र फिल्म फेस्टिबलको दायरालाई बिस्तार गर्न सहज हुने बताउनु भयो । अध्यक्ष पाठकले ८०/९० देशहरुमा निफको सम्बन्ध बिस्तार भएको र यसलाई आगामी दिनमा झनै बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

निफ के हो र किन ?

निफ नेपाली इन्टरनेशनल फिल्म फेस्टिबल हो । जुन विश्वव्यापी मान्यताअनुसार विश्वव्यापी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संरचनाअनुसार निफ सञ्चालन भएको थियो । त्यसलाई अघि बढाउने क्रममा आजको दिनसम्म आइपुगेका छौँ । यो विश्वव्यापी रुपमा हरेक फिल्म फेस्टिबलमा देखाइने सिनेमाहरु पब्लिक थिएटरमा देखाइने चलन हुन्छ । हाम्रो त्यो किसिमको संस्कृति भन्दा अलि फरक किसिमको संस्कृति बनेको थियो । नन थ्रिएटिकल ठाउँहरुमा सिनेमा देखाउने र त्यहीँ बहस छलफल आदि गर्ने, संस्कृति बनेको थियो, त्यसलाई नै इन्टरनेशनल फिल्म फेस्टिबल संस्कृति भन्ने हामीले बुझेका छौँ ।

सामान्यतया हामीले देखेको पनि त्यत्ति नै हो । अलि फरक छ भन्ने देखाउनका लागि हामीले यस वर्ष सिनेमा देखाउने नै हलमा फिल्म देखाउने वातावरण तयार गरेका छौँ । पोखराबाट हामीले पहिलो संस्करण शुरु गरेका थियौँ । एउटा ठाउँबाट फिल्म फेस्टिबल गरिरहेको बेला अहिले ५ वटा ठाउँमा फिल्म देखाउने अवस्थामा आइसकेका छौँ । त्यति बेला १०/१५ जना मात्रै फिल्म मेकरहरुको सहभागिता रहेको थियो भने अहिले ५० जना भन्दा धेरै फिल्म मेकरहरुको सहभागिता रहेको छ । त्यतिबेला एउटा मात्रै जुरी कमिटी बन्थ्यो भने अहिले तीन वटा जुरी कमिटी बन्ने अवस्थामा हामी पुगेका छौँ । त्यो पनि अन्तर्राष्ट्रिय जुरी कमिटी ।

त्यसैले आजको दिनसम्म आइपुग्दा निफले आफ्नो लक्ष्य हासिल गरेर अघि बढेको भन्ने लाग्छ । यो बीचमा हामी बेल्ट टाइम रोड फिल्म फेस्टिबल अलायन्सको सदस्य बन्यौँ । विभिन्न फिल्म सोसाइटीको सदस्य बन्यौँ । हामी करिव जिरोबाट अहिले ८०/९० देशहरुमा निफको सम्बन्ध बिस्तार भएको छ । हामीलाई अहिले ५ सय भन्दा धेरै फिल्महरु सामान्य रुपमा समिट आउँछन् । ५०/६० भन्दा धेरै देशहरुबाट संगठित हुन्छन् । अहिले भएका फिल्महरु देखाउन नसकेर ९९० वटा फिल्म छान्नुपर्ने अवस्थामा हामी पुगेका छौँ । यो भनेको विश्वव्यापी फिल्म मेकरहरुले हामीलाई विश्वास गर्ने वातावरण बनेर हामी यहाँसम्म आइपुगेका छौँ ।

निफ कसका लागि हो ?

इन्टरनेशनल फिल्म महोत्सव दर्शकका लागि हो र फिल्म मेकरका लागि हो । दर्शकमा फिल्म हेर्ने संस्कृतिको विकास गर्ने हो, सिनेमा हेर्ने बानी बनिसकेपछि अर्को देशको सिनेमा पनि प्रचार हुन्छ । दर्शकको लागि बजारमा नपाइने, युट्युबमा नपाइने वा कुनैपनि ठाउँमा नपाएने फ्रेस सिनेमाहरु हुन्छन् र फिल्म मेकरलाई अन्य देशका फिल्म मेकरहरुको भेट र चलचित्रका बारेमा छलफल हुने ठाउँ हो ।

निफ अहिले यस्तो क्षेत्र बनेको छ जहाँ ५०/६० जना फिल्म मेकर विदेशी हुनुहुन्छ । नेपालका फिल्म मेकरहरु पनि आउनुभएको छ । आइडिया शेयर, मार्केटिङ र कोलाब्रेशनको बिस्तार गर्ने माध्यम बनेको छ । हामीले कतिपय फिल्महरु अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पठाइरहेका छौँ । यसअर्थमा दर्शक र फिल्म मेकरका लागि हो । फिल्म मेकरका लागि यो उत्सव हो, दर्शकका लागि पनि विभिन्न देशका सिनेमाहरु चिन्ने प्ल्याटफर्म हो ।

निफले राजनीतिकर्मी र सरकारलाई बढी महत्व दिन खोजेको जस्तो देखिन्छ तर त्यहाँबाट जहिले पनि धोका पाएको जस्तो देखिन्छ नि, किन यस्तो भइरहेको छ ?

चलचित्रको अहिलेसम्म बनेको नीति पनि कार्यान्व्यनमा आएको छैन । त्यो नीतिलाई कार्यान्वयनमा ल्याउनुछ । आवश्यक्ता अनुसारको नीति बनाउन र यस्ता फेस्टिबलहरु राज्यलाई देखाइएन वा राज्यलाई सुनाइएन वा भनिएन भने भोलिका दिनमा अझै गाह्रो हुन्छ । अहिलेको भन्दा झनै गाह्रो हुने देखिन्छ । त्यसैले फिल्म फेस्टिबल नर्मल्ली राज्यको फण्डिङमा प्रायोजित हुने हो । अधिकांश देशहरुमा फण्डिङ एजेन्सीहरु हुन्छ । राज्यले प्रत्यक्ष पनि सपोर्ट गर्छ । तर हाम्रोमा त्यस्तो स्थिति बनिसकेको छैन । किनभने हामीले कतै न कतै राज्य, सरकार, नेताहरुलाई बुझाउन नसकिएको हुनसक्छ ।

फिल्म फेस्टिबलमा ठूला मान्छेहरु आइरहेको बेलामा राज्यका ठूला निकायका मानिसहरु, ओहोदामा बसेका व्यक्तिहरुले आएर सम्बोधन गर्नुभयो भने हाम्रो सम्मान भएको अनुभुति हुन्छ । अन्य देशका मानिसले नेपालमा त सिनेमालाई प्राथमिकतामा राखेको रहेछ भनेर अरु देशलाई म्यासेज दिनसके उनीहरुको नेपालप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ भन्ने हिसावले राजनीतिक नेताहरु, सरकारलाई ल्याउने र उहाँहरुको प्रतिवद्धता लिनको लागि हो । राजनीतिक मान्छेहरुको प्राथमिकता राजनीति नै होला । हाम्रो लागि प्राथमिकता सिनेमा हो । उहाँहरुको कर्मलाई प्राथमिकता दिनुपरेको होला, त्यसैले हाम्रो कर्मतिर उहाँहरुले प्राथमिकता दिनुभएन ।

निफलाई अघि बढाउन कस्ता योजनाहरु हामीले बनाएका छौँ ?

हामीले निफमा राम्रो फिल्म र फिल्म मेकरहरु ल्याएका छौँ । दर्शकहरुलाई विभिन्न देशका स्वाद पस्किएका छौँ । तर महत्वपूर्ण गर्नैपर्ने काम हामीले गर्नसकेका छैनौँ । किनभने हामीसँग श्रोतको अभाव छ । कर्पोरेट हाउसले हामीलाई सपोर्ट गर्दैन । सरकारको फण्डिङ एजेन्सीहरु छैन । सरकारले वार्षिक कार्यक्रममा राखिदिए हुन्थ्यो भन्ने हो, यस्ता फेस्टिबललाई वर्षको तीन करोडसम्म छुट्याउने अवस्था बन्यो भने त्यो काम गर्न सकिन्छ ।

कुनैपनि फिल्म फेस्टिबलको क्रिएटीबिलिटी बढ्नको लागि त्यो फेस्टिबलमा मार्केट, फिल्मको बजार किनबेच हुनुपर्छ । निफ अहिलेसम्म किनबेच हुने प्ल्याटफर्मको रुपमा विकास भइसकेको छैन । त्यसको लागि बजार, फिल्म प्रोडक्शनको कम्पनीहरु ल्याउन सक्नुपर्छ । यस पटक पनि गर्ने पहल गरेको हो श्रोतले साधन दिएन । यस पटक काठमाडौं ललितपुर र भक्तपुरमा किन बिस्तार गरेका हौँ भन्दा हाम्रो आगामी लक्ष्य देशव्यापी रुपमा दिने हो ।

सातै प्रदेशमा एउटै कन्टेन दिएर फेस्टिबल गर्न सकिन्छ की भनेर काठमाडौं बाहिरका मानिसले पनि संसारका फिल्म हेर्न पाउनेगरी विकास गर्न गइरहेका छौँ । त्यसका लागि सरकारले वार्षिक कार्यक्रम अन्तर्गत यो फेस्टिबल राखिदिए कम्तिमा दुई, तीन करोड बजेट छुट्याइदियो भने अर्को वर्षदेखि काम गर्न सकिन्छ । नत्र भने यही सानो क्षेत्रबाट बाहिर उठ्न सक्दैनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज