डेमोक्रेटीक सिस्टममा मात्र हारजित हुन्छ, साँठगाँठे प्रवृत्तिमा के हुन्छ ? आफैँ हिसाब गर्नुस् : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साँठगाँठे प्रवृत्ति हावी भएको बताउनु भएको छ ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष अध्यक्ष ओलीले प्रजातान्त्रिक सिस्टममा हारजित हुने तर अहिले प्रजातान्त्रिक सिस्टमभन्दा पनि साँठगाँठे सिस्टम देखिएको बताउनु भयो ।

‘यो डेमोक्रेटीक सिस्टममा हारजित हुने कुरा हो तर यो डेमोक्रेटीक सिस्टम भन्दा पनि साँठगाँठे सिस्टम भयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेकामा असन्तुष्टिसमेत व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो ‘कसले जित्यो कसले हार्‍यो कसको शक्ति कति भन्ने कुरै भएन । अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा तपाईँहरु के हिसाब गर्नुहुन्छ ? ।’ उहाँले भन्नुभयो ।

विहान १० बजे सुरु भएको उपराष्ट्रपति पदका लागि मतदान जारी छ । रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिनुभएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?