म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी–गलेश्वर–जोमसोम–कोरला सडक अन्तर्गत बेनी–गलेश्वर गण्डाको काम तीब्रगतिमा संचालन भइरहेको छ ।
गत माघ महिनामा बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत स्तरोन्नतिका लागि जय धन्नजय/मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.ली जेभीसँग दुईवर्षभित्र दुईकिलोमिटर दुईसय मिटर सडक स्तरोन्नति सहित कालोपत्रे गर्नेगरी १२ करोड २५ लाख ९४ हजार चारसय ३६ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता लगत्तै योजना स्थलमा तीनवटा एक्साभेटर,निर्माणमा प्रयोग हुने अन्य उपकरण र करिब एकसय पचासजना मजदुर परिचालन गरेर धमाधम सडक निर्माण थालिएको बेनी–बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । योजना स्थलमा परिचालन भएको निर्माण व्यवसायीले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर सडक स्तरोन्नतिलाई तिव्रता दिएको उहाँले बताउनु भयो ।
उहाँका अनुसार सडक फराकिलो पार्न कटिङ,मेशनरी वाल र ग्यावियन जाली लगाउने लगायतका स्ट्रक्चरका कामहरु अन्तिम चरणमा पुगेको छ । एकमहिनाको अवधिमा करिब २० प्रतिशत भौतिक प्रगति हासिल भएको प्रजापतिले जानकारी दिनुभयो ।
साघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने,कल्भट निर्माण,दुईसय मिटर आरसीसी ढलान सहित कालोपत्रे गर्ने योजना रहेको आयोजनाका प्रमुख प्रजापतिले बताउनु भयाे । असार अगावै योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति हासिल गर्ने योजनाको लक्ष्य रहेको आयोजना प्रमुख प्रजापतिले बताउनु भयाे । उहाँका अनुसार असार भित्र कालोपत्रे बाहेक सम्पूर्ण काम सक्ने लक्ष्य छ ।
निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता मिति भित्रै योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । सडक निर्माणलाई अवरोध नहोस् भनेर दिनमा साढे ६ घण्टा यातायातका साधनहरु बन्द गरेर निर्माणलाई तिव्रता दिइएको उहाँले बताउनु भयो ।
मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न आयोजनाले नियमित रुपमा अनुगमन,निरिक्षण र समन्वय गर्नेे कार्यलाई प्रभावकारी बनाएको आयोजनाले जनाएको छ ।
सडक योजना सम्पन्न भएपछि मुस्ताङ जाने पर्यटकका साथै रघुगंगा र अन्नपूर्णगाउँपालिका सर्वसाधरणहरुलाई आवतजावत गर्न सहज हुनेछ । प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम र मुक्तिनाथ जाने मुख्य सडक जिर्ण हुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका