उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित हुनु भएकाे हाे ।

एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गर्नुभयो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउनु भयो।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मत पाउनु भयो तर, उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय पार्नुभएको थियो ।

शाक्य र झाको एकल उम्मेदवारी थियो भने निर्वाचित यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको थियो । आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका यादव, नेकपा (एमाले) का  शाक्य (बोहरा) र जनमत पार्टीका झा उम्मेदवार हुनुहुन्थ्याे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?