ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर छ भने किरण थापाको संगीत छ । चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजा भुजू, सुजाता राई, सूर्यमान लिम्बू, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम, नारायणदेवी प्रधान, प्रदीप लामालगायतका कलाकारको अभिनय छ । यो चलचित्र वैशाख २१ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?