काठमाडौं । इसेवा मनि ट्रान्सफरको बम्पर उपहारमा प्राप्त हुने घर कम्पनीले सार्वजनिक गरेको छ । तीन आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर सार्वजनिक गरेको हो । विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनि ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई उक्त घर प्रदान गर्नेछ । अभियानमा इसेवा मनि ट्रान्सफरमार्फत् रेमिट्यान्स पठाउने एकजना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल बोजेपोखरीमा तीन आनामा बनेको साढे दुई तलाको घर कम्पनीले बम्पर उपहारमा राखेको छ । साथै सेवाग्राहीको सहभागितालाई मध्यनजर गर्दै कम्पनीले योजना दुई महिनाका लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो, ‘विदेशमा रहनुभएका नेपालीको उत्साहजनक सहभागिता एवं सेवाग्राहीलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्न योजना दुई महिना थप गरिएको छ ।’ बम्पर उपहारको छनोट आगामी जेठ १२ गते गरिने कम्पनीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच