शासकका गुुण र दोष

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

शासक आफैँमा राज्यको त्यो अङ्ग हो, जसमा राज्यका सबै संयन्त्रहरू समावेश बनेर आएका हुन्छन् । शासकमा विद्यमान कूटनीति र राजनीतिक चतुरताका कारण शासन व्यवस्थामा नितान्त परिवर्तन हुने गरेको हुन्छ । त्यो परिवर्तनले राज्यको विकासका आधारलाई बलियो बनाएका हुन्छन् । शासकमा विद्यामान परिवेश र भावनालाई नै शासकीय व्यवस्थामा समाहित गरिएको हुन्छ । शासन सञ्चालनमा आएका अवरोधलाई चिर्दै र व्यवस्थामा देखापरेका मानवीय मूल्यको स्थापना गर्दै देखिने चेतनाको विकास शासकले आफूूले मात्र होइन आफू माताहतमा रहेका सबै संयन्त्रमा जीवन्त राखेको हुनुुपर्दछ ।

त्यसैले शासक र उसका हरेक कर्म राज्यप्रति अनिवार्य रूपमा उत्तरदायी हुनुु आवश्यक मानिन्छ । शासक र उसका कर्म राज्य, राज्यका जनताप्रति उत्तरदायी भएमात्र शासकको सफलता, शासनमा नयाँपन तथा देशका जनतामा खुसियाली आउने गरेको हुन्छ । प्रत्येक राज्यका आफ्नै किसिमका शासन व्यवस्था हुने गर्दछन् । एउटा राज्यको व्यवस्थाले जुन किसिमको भाव र चिन्तनलाई बोकेको हुन्छ अर्को राज्यको शासन व्यवस्था त्यो किसिमको पक्कै पनि हुुँदैन । शासकले राज्यमा दण्डको व्यवस्थालाई गतिलो तरिकाले निर्वाह गर्नुपर्दछ । दण्डहीनता भयो भने राज्यमात्र होइन व्यवस्था नै सङ्कटमा पर्न सक्ने अवस्थाको सिर्जना हुने गर्दछ ।

राज्यमा दण्डको व्यवस्थालाई गतिलो तरिकाले अपनाउन सकिएन भने राज्यका सबै संयन्त्र कमजोर हुने गर्दछन् । राज्यसंयन्त्र नै कमजोर भयो भने राज्यका सबै क्षेत्रमा दण्डहीनताको अवस्था सिर्जना हुने गर्दछ । शासकले राज्यमा देखिएका सबै अपराधीलाई सजाय दिनुु अनिवार्य मानिएको छ ।

महाभारतको युुद्ध समाप्त भएपछि तत्कालीन हस्तिनापुरका राजा युुधिष्ठिरले वाणको ओछ्यानमा सुुतेका भीष्मपितामहसित यही बारेमा आफ्नो जिज्ञासा राखे । भीष्मले शासनमा दण्डहीनतालाई सबैभन्दा शासकीय कमजोरी ठानेका छन् । यदि शासकले दण्डको व्यवस्थालाई अक्षरशः पालन गर्न सकेन भने व्यवस्थाका हरेक अङ्ग कमजोर हुने तर्कलाई उठाएका छन् । राज्यको सबैभन्दा बलवान पक्ष भनेको अपराधलाई प्रश्रय होइन दण्डको व्यवस्था हो ।

दण्डको व्यवस्था :
राज्यमा दण्डको व्यवस्थालाई गतिलो तरिकाले अपनाउन सकिएन भने राज्यका सबै संयन्त्र कमजोर हुने गर्दछन् । राज्यसंयन्त्र नै कमजोर भयो भने राज्यका सबै क्षेत्रमा दण्डहीनताको अवस्था सिर्जना हुने गर्दछ । शासकले राज्यमा देखिएका सबै अपराधीलाई सजाय दिनुु अनिवार्य मानिएको छ । राज्य संयन्त्रको दुरुपयोग र राज्यको दोहन गर्ने व्यक्तिलाई कहिले पनि शासकले छोड्न नहुुने तर्कलाई बलियो तरिकाले उठाइएको छ । शासकले राज्यका सबै नागरिकमा समभाव राखेर व्यवहार गर्नु अनिवार्य मानिन्छ । समभाव राखे पनि दण्ड दिने सन्दर्भमा राज्यको शासक कठोररूपमा प्रस्तुुत हुने कुरालाई भीष्मले उल्लेख गरेका छन् :
यथा पुुत्रास्तथा पौत्रा द्रष्टव्यास्ते न संशय
भक्तिश्चैषां न कर्तव्या व्यवहारे प्रर्दशिते ।।
शासकले राज्यका सबै नागरिकलाई छोरो वा नातिसरह व्यवहार गरोस् । यदि दण्ड दिने अवस्था आएमा शासक कतै पनि नचुुकोस् । दण्डको व्यवस्थामा स्नेहका कारण विभेद नहोस् । दण्ड व्यवस्थामा विभेद भयो भने राज्यसंयन्त्र नै कमजोर हुने कुरालाई यहाँ दरिलो तरिकाले उठाइएको छ । दण्डहीनतालाई राज्यको सबैभन्दा कमजोर अवस्था मानिएको छ । दण्डको व्यवस्थामा समानता भएन वा विभेद भयो भने राज्यका सबै संयन्त्र निर्बल हुने हुुनाले यो व्यवस्था गरिएको हो । राज्यमा दण्डको व्यवस्था कानुुनबमोजिम भएन भने राज्यसंयन्त्र र त्यसका सबै सञ्चालक अव्यवस्थाका मतियार हुने कुरालाई यहाँ उल्लेख गरिएको छ । यदि दण्डको सही व्यवस्थापन शासकले गर्न सकेन भने शासकमात्र होइन राज्य पनि अव्यवस्थित हुने तर्कलाई यहाँ राखिएको छ ।
सम्यग्दण्डधरो नित्यं राजा धर्ममवाप्नु्यात्
नृपस्य सततं दण्डः सम्यग् धर्मः प्रशस्यते ।।
अपराध अनुुसारको दण्ड दिने शासक सदा धर्मको रक्षक मानिएको हुन्छ । उक्त दण्डबाट प्राप्त हुने पुुण्यको भागी ऊ पनि हुने गर्दछ । अपराधीलाई दण्ड दिने प्रक्रियालाई निरन्तरता दिने शासकको प्रशंसा हुने गर्दछ । यदि दण्डलाई राज्यको अङ्ग र व्यवस्थाको कसी मान्न सकिएन भने राज्यमात्र होइन व्यवस्थामाथि नै प्रश्नचिहृन उपस्थित हुने कुरालाई भीष्मले उठाएका छन् । दण्डहीनता राज्य पतनको मूलभूत कारण हो भन्ने तथ्यलाई बाहिर ल्याइएको छ । राज्यका कुनै पनि अङ्गहरू आफैँ पतन हुँदैनन् । तिनको पतनमा शासक र शासकका मतियार प्रमुुख मानिएका हुन्छन् ।

शासकको कर्म :
शासकले सबै कुरालाई शासकीय परम्परा र राज्यका सबै संयन्त्रको प्रयोगबाट जीवन्त पार्नु अनिवार्य मानिएको छ । राज्यमा कतै भ्रष्टाचार र घुुसखोरी नहोस् भन्ने मान्यतालाई गहिरो तरिकाले अवलम्बन गर्नु अनिवार्य मानिएको छ :
आकारे लवणे शुल्के तरे नागबले यथा
न्यसेदमात्यान् नृपतिः स्वाप्तान् वा पुरुषान् हितान् ।।
सुनको खजाना, नुुन, अन्नको भण्डार, नदीको किनार तथा हाथीसारमा हुुने आयका लागि प्रधान शासकले मन्त्री वा कर्मचारीलाई नियुुक्त गरोस् जसले आफूले पाएको आम्दानीको कर तिरेको छ वा छैन जानकारी प्राप्त गरोस् । यहाँ बजारको व्यवस्थापनलाई नै प्रमुुख आधार मानिएको छ । बजारको व्यवस्थापन गतिलो र नियमसङ्गत तरिकाले भयो भने महँगाई नबढ्ने र राज्यको व्यवस्थापन आम्दानीले चल्नसक्ने तर्क बाहिर ल्याइएको छ । राज्य संयन्त्रको सबैभन्दा महत्वपूर्ण आवश्यकता बजार व्यवस्थापन हो ।

आज हामी सबै परनिर्भर छौँ । परनिर्भरता हाम्रो जीवन भोगाइको आधार बनेर आएको छ । स्वावलम्बी र आत्मनिर्भर बन्न सक्ने बाटाहरू हामी आफैँले बन्द गरिसकेका छौँ । कृषिप्रधान देश भनेर वकालत गर्न छोडेका छैनौँ तर कृषिमा आत्मनिर्भर कहिले पनि हुन सकेका छैनौँ ।

बजारलाई वा सम्पूर्ण व्यापारिक केन्द्रमा राज्यसंयन्त्रको गतिलो उपस्थिति भयो भने व्यापारीबाट करछली नुहुने तथ्यलाई यहाँ उल्लेख गरिएको छ । कुनै पनि राज्यव्यवस्था कमजोर हुनु र वित्तीय सङ्कट आउनुुलाई कर छल्ने र कर नतिर्ने पद्धति नै प्रमुुख कारक बनेको छ । सबै व्यापारिक संयन्त्रमा राज्यको दह्रो उपस्थिति रहेमा वा करका सबै अङ्ग सक्रिय भएमा राज्य करबाट चल्न सक्ने तथ्यलाई प्रमाणिक रूपमा यहाँ उल्लेख गरिएको छ । विकासको मूल आधार सड्क सञ्जाल हो । सड्क सञ्जाल जोडिएका सबै राज्यहरू विकासका माध्यमबाट सदा उच्च मानिएका हुुन्छन् । सडक नै विकासको मूल आधार मान्दै भनिएको छ
विशालान् राजमार्गांश्च कारयिव नराधिपः
प्रपाश्च विपणांश्चैव यथोद्देशं समाविशेत् ।।
राज्यमा सडकलाई प्रमुुख मानेर सडक विस्तार गर्नु अनिवार्य हुन्छ । जलमार्ग र सडकमार्गलाई व्यवस्था गरियो भने राज्यका प्रत्येक क्षेत्रको विकास हुने कुरालाई यहाँ बताइएको छ । राज्यका सबै अङ्गमा आयात र निर्यात गर्नुपर्ने हुनाले नै सडकलाई प्रमुुख मानिएको हो । यदि सडकको विकासमा गतिशीलता आयो भने देशका सबै संयन्त्रको विकासले फड्को मार्ने तर्कलाई उठाइएको हुन सक्ने आधार भीष्मले युुधिष्ठिरलाई बताएका छन् । सडकको विकासले राज्यका सबै अङ्गलाई चलायमान बनाउने हुनाले विकासको पूूर्ण पूर्वाधार स्वीकार गरिएको हो ।

हाम्रो विकास :
आज हामी सबै परनिर्भर छौँ । परनिर्भरता हाम्रो जीवन भोगाइको आधार बनेर आएको छ । स्वावलम्बी र आत्मनिर्भर बन्न सक्ने बाटाहरू हामी आफैँले बन्द गरिसकेका छौँ । हामी कृषिप्रधान देश भनेर वकालत गर्न छोडेका छैनौँ तर कृषिमा आत्मनिर्भर कहिले पनि हुन सकेका छैनौँ । सडकसञ्जाल र हवाईमार्गमा हामी सम्पन्नशाली बनेका छौँ । विकासका नयाँ नयाँ पूर्वाधारहरू हामीले प्रयोगमा ल्याएका छौँ र सफल पनि बनेका छौँ । यो हाम्रो नेपालीपनको विकास हो भन्न पछि परेका पनि छैनौँ हामी । विकासका हरेक मार्ग हाम्रा लागि खुला बनेर आएका छन् । ती खुल्ला मार्गमा हाम्रो विकासका पूर्वाधारहरू र पूर्वाधार तयार गर्ने संयन्त्रहरू गतिशील बनेर आएका छन् । यो हाम्रो सफलता पनि हो ।

हाम्रो जस्तो सानो मुलुुकमा विकासको नयाँ पूर्वाधार अनुसार पोखरा र भैरहवामा अन्तर्राट्रिय विमानस्थल निर्माण गरिसकेका छौँ । विदेशी पर्यटक र विदेशमा गएका नेपाली सिधै आफ्नो गन्तव्यमा पुुगूून् भन्ने आशय हाम्रा लागि उपयोगी नै बनेर आएको थियो । अरबौँ खर्च गरेर बनाएका विमानस्थलहरू प्रयोगविहीन भए भने हाम्रो अवस्था के होला ? भन्ने कुरा हामीले हेक्का राखेनौँ । आज ती विमानस्थलको अवस्था के हुने हो । राज्य अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआए कस्तो अवस्था सिर्जना हुने हो भन्ने कुरामा अन्योलमै रहेको छ ।

महाभारतका भीष्म कर उठाउन सरकारी संयन्त्र सबल हुनुुपर्ने र राज्यका सबै संयन्त्र गतिशील हुनुुपर्ने तर्कलाई बाहिर ल्याउँछन् । व्यापारीले राज्यलाई नठगोस् र नलुुटोस् भन्ने चाहना राख्छन् । हामी कस्ता हौँ ? लिएको ऋण तिर्न नपरोस् । बजारको अनुगमन कहिले नहोस् । महँगीको मारमा सदा जनता पिसियूून् । व्यापारीलाई बैंकको ब्याज मिनाह होस् । कर छुुट होस् । मैले राज्यलाई तिर्नुुपर्ने करमा छुुटको सीमा बढाइयोस् भन्ने तर्कलाई सरकारप्रमुखका अघि उठाएर सबल बन्ने दाउमा लागिपरेका छन् ।

जसले जति धेरै ऋण लिएको छ त्यो नै बढी भाषण गर्दै हिँडेको देखिएको छ । बजारको अनुुगमन भएको छैन । व्यापारीले आफूले चाहे अनुसारको महँगी बढाएका छन् । राज्यसंयन्त्र कमजोर छ । व्यापारी नाफाखोरी छन् । कर्मचारी भ्रष्टाचारमा लिप्त छन् । धन्य मेरो देश र मेरो देशका शासक ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?