स्याउका विरुवामा रोग लागेपछि जुम्लाका किसान चिन्तित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । स्याउका विरुवामा रोगकिरा लाग्दा जुम्लाका किसान चिन्तित बनेकाछन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमि आउने हो कि भनेर स्याउ किसानलाई सास्ती भएको तिला गाउँपालिका-१ का स्थानीयवासि नर रावतले बताउनुभयो ।

रोगकिराको संक्रमण स्याउ वगैँचामा फेलापर्ने बित्तिकै कृषि प्राविधिकहरूको परामर्श लिने गरेको छु । सिँचाइ, मलखादको चिन्ता छैन । रोगकिराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेकाे तिला गाउँपालिका-२ का स्याउ किसान दलबहादुर रावतले जानकारी दिनुभयो । स्याउ बगैंचामा बिरुवा रोप्न जति सजिलो छ । त्योभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ । स्याउ किसान रावतले भन्नुभयो,“वर्षैपिच्छे कुनै न कुनै रोगकिराको संक्रमण भइरहेको हुन्छ । त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ । बगैंचामा गत वर्ष भुवादार लाइकिरा र कत्ले किराको प्रकोप देखिएको थियो । तर समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको स्याउ किसान रावतको भनाइ छ । ”

जिल्लाका अधिकांश स्याउ बगैंचाका बोटमा सो समस्या देखा पारेको जनगुनासो आउने गरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएकाछन् । जुम्ली स्याउमा बर्सेनि रोगकिराको संक्रमण देखिँदा उत्पादनमा ह्रास आउने गरेको तातोपानी गाउँपालिकाका स्थानीयवासि पूर्णप्रसाद चौलागाईले जानकारी दिनुभयो । बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु नै पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्ट रूपमा छुट्याउनुपर्ने जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष रोगकिराका कारण करिब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । जिल्लाभरि ४ हजार २५० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?