राजविराज बसपार्क बैशाखदेखि सञ्चालनमा आउने

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । तीन पटकसम्म असफल भई चौथो पटक शिलान्यास गरिएको ‘राजविराज बसपार्क’ आगामी बैशाख १ गते नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको बैठकले बैशाख १ गतेदेखि आंशिक रुपमा बसपार्क सञ्चालनमा ल्याउने सहमति भएको हो । बसपार्क चैत १ गतेदेखि नै सञ्चालनमा ल्याउने तयारी गरिएपनि केही काम बाँकी रहेकाले बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो ।

बैठकमा बसपार्क निर्माण गरेको ठेकेदार कम्पनी सिनर्जी बिल्डर्स प्रा.लि. कुलेश्वर काठमाडौंका प्रतिनिधिले चैत १५ गतेभित्र पानी, विजुली, शौचालय र टिकट काउण्टरमा सिसा ढोका लगायतका पूर्वाधारका काम चैत १५ गतेभित्र सकिने प्रतिबद्धता जनाएका छन्

यी काम गरेर बैशाख १ गतेबाट आंशिक सञ्चालनमा ल्याउने सहमति भएको छ’ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भन्नु भयो ‘सहरी विकास मन्त्रालयको १७ करोड लागतमा निर्माण हुन लागेको बसपार्कको मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले २०७४ माघ २६ गते संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो ।

बसपार्कमा सेड, घन्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन तथा वाउन्ड्रिवाल समेत गरी भ्याट बाहेक १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँ लागतको योजना छ।

२०४४ साल माघमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वली र २०५२ साल असारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?