काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको बताउनुभएको छ ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँका अनुसार बैठकमा आईतवार संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो । भोलि संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो ।’
उपसभापति खड्काले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बारेमा पनि छलफल भएको बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच