नेपाल-भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल-भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्युरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर-६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४ गतेदेखि प्रतियोगिता हुने जानकारी दिएको छ । चैत ७ गतेसम्म चल्ने प्रतियोगितामा तीनवटा टी-२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल हुनेछ ।

फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इण्डिया वुमन टी-२० क्रिकेट एसोसिएसन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताउनुभयो ।

भारतीय टिममा विभिन्न राज्यबाट टी-२० खेल्ने खेलाडीको सहभागिता हुने जानकारी उहाँले दिनुभयो । नेपालतर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएका महिला खेलाडी रहनेछन् । प्रतियोगिताबाट दुई मुलुकबीचको खेल सम्बन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले बताउनुभयो । मैत्रीपूर्ण खेलमा उत्कृष्ट ब्याटर, बलर, खेलाडी र किपरलाई पुरस्कृत गरिनेछ ।

नेपालमा क्रिकेटको स्थानीयस्तरमा विकास गर्नका लागि फाउण्डेसनले आगामी दिनमा पुरुष तथा महिलाको प्रतियोगिता आयोजना गर्ने बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?