सुदूरपश्चिम प्रदेश कराँते महासंघको अध्यक्षमा पाण्डेय

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । सुदूरपश्चिम प्रदेश कराँते महासंघको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय चयन हुनुभएको छ । धनगढीस्थित रंगशालामा शनिबार सम्पन्न भएको सुदूरपश्चिम प्रदेश कराँते महासंघको अधिवेशनले त्रैलोक्यनाथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिम प्रदेश कराँते महासंघ कार्यसमितिको चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा हिक्मत भण्डारी र डिल्ली सुवेदी, सचिवमा बहादुर सिंह ओड, सह-सचिवमा विनोद चन्द र पुष्पराज भट्ट, कोषाध्यक्षमा उमा महतो, सह-कोषाध्यक्षमा नरेन्द्र कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यहरूमा प्रभाव भण्डारी, नन्दकृष्ण जैशी, दिनेश रावल, हेमा भट्ट, विजय सिंह ऐरी, मोहन एसके, ओमप्रकाश पन्त र किरण बोहरा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, केन्द्रीय सदस्यमा गजेन्द्र साउदलाई चयन गरेको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मकेन्द्रबहदुर सिंह, राजेन्द्र अवस्थी, लिलासिंह बोहरा, दीपेन्द्र देउवा र मोहन एसके छनोट हुनुभएको छ । सुदूरपश्चिम कराँतेका प्रमुख प्रशिक्षक विमल खडायतको सभापतित्वमा सञ्चालित उद्घाटन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य प्रकाश विक रहनुभएको थियो ।

यस्तै, कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सञ्जिता चौधरी, नेपाल कराँते महासंघका उपमहासचिव ओमकृष्ण प्रसाई, सुदूरपश्चिमाञ्चल क्षेत्रीय विकास समिति र कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखहरू एवं कर्मचारी वर्ग, कराँतेलगायत विभिन्न खेलका प्रशिक्षकहरू र प्रदेशका स्वयंसेवक कराँते प्रशिक्षकहरू र वरिष्ठ कराँते खेलाडीहरूको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?