बक्सिङका सेमिफाइनल खेलहरू सम्पन्न

हिमालय टाइम्स
Read Time = 6 mins

हेटौंडा । हेटौंडा कभर्डहलमा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताका सेमिफाइनल खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलअनुसार ४८ किलो तौल समूहमा अल्फाका विशेष बुढामगरले ललितपुरका प्रकाश कठायतलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभयो । सोही तौल समूहमा भाइब बक्सिङका सञ्जय लामाले नक्सालका मानव लामालाई पराजित गर्दै फाइनलमा अल्फाका बुढामगरसँग भेट पक्का गर्नुभयो । त्यसैगरी फ्लाइवेट ५१ किलो तौल समूहमा एफसी सुनसरीका सविन लिम्बूले अछामका रामबहादुर ऐडीलाई ५ः० को युनानिमस डिसिजनका आधारमा र बक्समाण्डुका प्रबल उपे्रेतीले प्युठानका निराजन चौधरीलाई ५ः० कै अन्तरले पराजित गर्दैै फाइनलको यात्रा तय गर्नुभयो ।

बैन्टम वेट ५४ किलो तौल समूहमा दाङका विवेक देवकोटाले रूपन्देहीका अमृत थाडारीलाई ५ः० को युनानिमस डिसिजनमा र सोही तौल समूहमा अल्फाका जीवन महराले नक्सालका पुकार जोशीलाई ५ः० को युनानिमस डिसिजनका आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ ।

फेदर वेट ५७ किलो तौल समूहमा रेज बक्सिङ क्लबका आयुश श्रेष्ठले दमकका योयल राईलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा पराजित गर्नुभयो । सोही तौल समूहमा बक्समाण्डुका आयुश थापाले दमक बक्सिङ क्लबका निर्मल रिजाललाई ४ः१ को अन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ ।

लाइट वेट ६० किलो तौल समूहमा भाइब बक्सिङ क्लबका निराजन मुक्तान र डिजिबक्स बक्सिङ क्लबका सौरभ राईले फाइनलको विजयी यात्रा तय गर्नुभएको छ । दुवैले समान अन्तर ५ः० मा क्रमशः कैलालीका श्रीजन विके र एबिसी बक्सिङ क्लबका एक्लिस शाहीलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ ।

६३.५ किलो तौल समूहमा नक्साल बक्सिङ क्लबका प्रज्वल श्रेष्ठले बक्समाण्डु बक्सिङ क्लबका निमा शेर्पालाई ४ः१ को स्पिलिट डिसिजनमा पराजित गर्नुभयो भने सोही तौल समूहमा मकवानपुरका सोहन राईले ललितपुरका विकल्प राईलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ ।

वैल्टर वेट ६७ किलो तौल समूहमा स्विट बक्सिङ क्लबका आभासविक्रम साहले कैलालीका शाहिल कर्ण मल्ललाई आरएससीका आधारमा पराजित गर्नुभयो भने सोही तौल समूहमा बक्समाण्डुका लाक्पा शेर्पाले कास्कीका निश्चित भट्टचनलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दैै फाइनलमा प्रवेश गर्नुभएको छ ।

महिलातर्फको मिनिमम ४८ किलो तौल समूहमा अछामका निर्मला ऐडीले कास्कीका नायरा मगरलाई दोस्रो राउण्डमा आरएससीका आधारमा रोक्नुभयो भने सोही तौलमा बक्समाण्डुका पूर्णिमा तामाङले दमकका प्रतीक्षा राईलाई ४ः१ को स्पिलिट डिसिजनमा पराजित गर्नुभयो ।

लाइट फ्लाइवेट ५० किलो तौल समूहमा रेज बक्सिङ क्लबका युजेन शर्माले मकवानपुरका रोशनी घलानलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा पराजित गर्नुभयो ।

फ्लाइवेट ५२ किलो तौल समूहमा भक्तपुरका भावना भण्डारीले चितवनका तिलमाया सरु मगरलाई ५ः० को युनानिसम डिसिजनमा पराजित गर्नुभयो । ५७ किलो तौल समूहमा बक्समाण्डु बक्सिङ क्लबकी प्रीति श्रेष्ठले दमकका स्मारिका राईलाई ४ः१ को अन्तरले पराजित गर्नुभयो ।

महिलातर्फको लाइट वेट ६० केजी तौल समूहमा एबिसी सुनसरीका सन्ध्या राईले चितवनकी जस्मिन गुरुङलाई पहिलो राउण्डमै आरएससीका आधारमा रोक्नुभयो । सोही तौल समूहमा भूमि बक्सिङ क्लबकी बबिता गोदार क्षेत्रीले उदयपुरका बृसना राईलाई पहिलो राउण्डमै आरएससीका आधारमा पराजित गर्नुभयो ।

महिलातर्पmको वैल्टर वेट ६६ किलो तौल समूहमा भने रेज बक्सिङ क्लबकी शसिना विष्टले बक्समाण्डुकी प्रीतिसा राईलाई ३ः२ को स्पिलिट डिसिजनमा पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?