जितबहादुर र मनिषा सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओलम्पियन जितबहादुर केसी र कराँतेकी मनिषा चौधरी सम्मानित हुनुभएको छ । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एण्ड सिक किन्डर गार्डेनले आफ्नो १०औँ खेलकुद दिवसका अवसरमा ओलम्पियन केसी र १३औँ सागकी कांस्य पदक विजेता मनिषालाई नगद, दोसल्ला र प्रशंसापत्रले सम्मानित गरेको हो ।

उहाँहरूलाई हाइड एण्ड सिक किन्डर गार्डेनकी संस्थापक प्रिन्सिपल कुमद भट्ट र संस्थापक निर्देशक इन्दिरा गौतमले सम्मानित गर्नुभयो । हाइड एण्ड सिक किन्डर गार्डेनले दुईदिने खेलकुद कार्यक्रमको पहिलो दिन ओलम्पियन केसीलाई तथा दोस्रो दिन कराँतेकी मनिषा चौधरीलाई सम्मानित गरेको हो ।

खेलकुद दिवसको पहिलो दिन प्ले ग्रुप र नर्सरीको तथा दोस्रो दिन एलकेजी र युकेजीका विद्यार्थीहरूले दैनिक जीवनमा आधारित रहेर विभिन्न खेलहरूमा प्रतिस्पर्धा गरेको विद्यालयका खेलकुद प्रशिक्षक हरि लामाले जानकारी दिनुभयो । यसअघि हाइड एण्ड सिक किन्डर गार्डेनले १३औँ सागमा स्वर्ण जित्न सफल फुटवलका विकेश कुथु, कराँतेकी अनु अधिकारी र विप्लवलाल श्रेष्ठसँगै प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई सम्मान गरेको थियो । यस्तै, फुटबलका सन्देश श्रेष्ठ पनि सम्मानित भइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?