काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् । मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो । नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वल्र्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्नुहुनेछ । प्रशिक्षकमा कान्छा खड्गे रहनुहुनेछ ।
नेपाली ब्राण्ड केटिएम सिटीको सहयोग रहेको नेपाली टिमले मलेसियामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक खड्गेले बताउनुभयो । उहाँले एसिया ओसियानाबाट छनोट हुने तीन टिमले फाइनल खेलमा सहभागिता जनाउन पाउने उल्लेख गर्नुभयो । प्रशिक्षक खड्गेले प्रतियोगिताका लागि नेपाली टिम तयार रहेको बताउँदै जुनियर टेनिस च्याम्पियनसिपमा छनोट हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई केटिएम सिटीले आवश्यक जर्सी, ट्र्याक सुट, जुत्तालगायत सामग्री प्रायोजनका रूपमा सहयोग गरेको छ । यू-१४ गल्र्स विधाको यस प्रतियोगितामा नेपालसहित १६ देशका खेलाडीले सहभागिता जनाउनेछन् । नेपाली जुनियर महिला टिमले पहिलोपटक अन्तिम छनोट खेल्न लागेको हो । प्रतियोगितालाई अन्तर्राष्ट्रिय टेसिन महासंघ र एसियन टेनिस महासंघको सहयोग रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच