ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा जनही दुई लाख पुरस्कार घोषणा

बिराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी । राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद ६ लाख दिने भएको छ । प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने भएको हो । राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गर्नुभएको छ ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उहाँहरूलाई नगद पुरस्कार प्रदान गर्न लागेको हो । यस्तै, टिममा परेका खेलाडी सन्दीप जोरालाई एक लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउदलाई ५० हजार गरी ६ लाख दिने घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको घोषणा निकै प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहलाई धन्यवाद दिनुभयो ।

यसअघि पनि प्रदेश सरकारले युएईमा २०२३ मार्चमा सम्पन्न भएको आइसिसी यू १९ वल्र्ड कपमा सहभागी खेलाडी र अफिसियललाई सम्मान गर्ने बताएको थियो । प्रतिखेलाडीलाई जनही एक लाख र अफिसियललाई ५० हजारका दरले सम्मान गरिने सरकारले घोषणा गरेको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?