राजु सिंहको संगीतमा रवि र मिलनको ‘पहरी फूल २’

Read Time = 1 min

काठमाडौं । मिलन नेवार र रवि ओडको स्वरमा रहेको गीत ‘पहरी फूल २’ बोलको गीत सार्वजनिक भएको छ । राजु सिंहको संगीत र गीता गिरी शेरचनको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भडियोमा पुष्प खडका र बिना राउतलाई फिचरिङ गरिएको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा ‘पहरी फूल’को बारेमा वर्णन गरिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा श्रोता माझमा पुर्‍याउन पाउँदा खुशी लागेको गीतका निर्माता वसन्त घिमिरे बताउनुहुन्छ । केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा नवराज खड्काको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?