चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला निर्वाचित

Read Time = 2 mins

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा भएको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो । मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गर्नुभएको थियो ।निर्वाचनमा कूल ४६८ मत खसेको थियो ।

त्यस्तै, महासचिवमा सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी हुनुभयो । यसैगरी, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुनुभयो । सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् ।

सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा पनि उहाँ सदस्यमा विजयी हुनुभएको थियो । सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दवप्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) विजयी हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?