मूल्यवृद्धि घट्दै जाने ओइसिडीको प्रक्षेपण

Read Time = 3 mins

काठमाडौं । अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) ले विश्वमा मुद्रास्फीति घट्दै गएको जनाएको छ । ओइसिडीले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ । गत नोभेम्बरमा गरिएको प्रक्षेपणमा सो दर २.२ प्रतिशत हुने अनुमान थियो । सन् २०२२ मा देखिएको ३.२ प्रतिशतको विस्तारको तुलनामा अझै यो न्यून रहेको पेरिसस्थित ओइसिडीले ‘ए फ्रेजाइल रिकभरी’ शीर्षकको आफ्नो अद्यावधिक आर्थिक मूल्यांकनमा उल्लेख गरेको छ ।

व्यापार र उपभोक्ताको भावनामा सुधार आउन थालेको, खाद्यान्न र ऊर्जाको मूल्यमा गिरावट आएको र कोरोना महामारी न्यूनीकरणसँगै चीनको बजार पूर्णरूपमा खुल्न थालेपछि थप सकारात्मक संकेतहरू देखिन थालेको ओइडिसीले उल्लेख गरेको छ । प्रतिवेदनअनुसार सुधारको अवस्था अझै कमजोर रहेको र जोखिम केही हदसम्म सन्तुलित भएका छन् । दशकौंदेखिको उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा विश्वभरका केन्द्रीय बैंकले ब्याजदर बढाएका छन् तर बढ्दो ऋण लागतले अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने डर विश्व बजारमा छ ।

ओइडिसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कडा मौद्रिक नीतिको प्रभावका संकेतहरू संयुक्त राज्य अमेरिकाका क्षेत्रीय बैंकसहित बैंकिङ क्षेत्रका केही भागमा देखिन थालेका छन् । उच्च ब्याजदरले अन्तर्निहित वित्तीय कमजोरी उजागर गर्छ भने आर्थिक वृद्धिमा अपेक्षा गरेभन्दा बढी प्रभाव पार्न सक्छ ।’ तर, अमेरिकी बैंकिङ क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे पनि ओइसिडीले चेतावनी दिएको छ । गत साता सिलिकन भ्याली बैंकले उच्च दरका कारण मूल्य घटाएको ऋणपत्रमा १.८ अर्ब अमेरिकी डलरको नोक्सानीको सन्दर्भ सार्वजनिक भएपछि मौद्रिक कडाइलाई जोडेर अध्ययन गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?