मध्यपुरको विहारमा दिपंकर बुद्धमूर्ति स्थापना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मध्यपुरको पाटी विहारमा सप्ताहव्यापी महापरित्राण कार्यक्रम भइरहेको छ । भाजु राजमान र तेजमायाको श्रद्धाबमोजिम सात फुटे दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार सहयोग समितिको आयोजनामा फागुन ३० देखि चैत ६ गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ । पाटी विहारमा स्थापित दिपंकर बुद्ध काठमाडौंस्थित स्वयम्भू महाचैत्यको पश्चिम दिशामा अवस्थित सातौँ शताब्दीमा निर्माण भएको दिपंकर बुद्धको प्रतिमूर्ति हो ।

पाटी विहार २०२३ सालसम्म फोहोर मैला फाल्ने ठाउँ र महिलाको खुला शौच गर्ने ठाउँ (मिसामंला)का रूपमा थियो । सम्भवतः पाटी विहार बज्रयानी बौद्ध विहार थियो । सो स्थानमा स्थापित शाक्यमुनि र दिपंकर बुद्धको मूर्ति अहिले विहारमा छैन । जुन विषयमा अनुसन्धान हुनुपर्ने कार्यक्रम आयोजक संस्थाले जनाएको छ । तत्कालीन स्थानीयवासी तथा जीवित सांस्कृतिक धरोहर गोपाल प्रजापतीको नेतृत्वमा भिक्षु प्रज्ञाको सल्लाहबमोजिम पाटी विहारको उत्खनन् र संरक्षण गरिएको हो । ४० दशकदेखि समाजसेवी श्यामकृष्ण मानन्धर, धर्मसुन्दर बज्राचार्य, गणेशराम प्रजापतीलगायतको पहलमा पाटी विहारमा आवश्यक संरचना निर्माण गरेर व्यवस्थित बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?