राजनीतिमा अबको खुला बाटो

हिमालय टाइम्स
Read Time = 7 mins

अब भने निर्वाचनका सबै प्रक्रियाहरू समाप्त भइसकेका छन् । वर्तमान संविधानबमोजिम दोस्रो पटक संघीय संसद् तथा प्रदेशसभाका लागि निर्वाचान गत मंसिरमै समाप्त भइसकेका छन् । व्यवस्थापिकाको निर्वाचनपछि यसमा निर्वाचित सांसदबाटै कार्यपालिकाका प्रमुख, उपप्रमुम तथा सदस्य (मन्त्रीहरू)को चयन हुने व्यवस्था भएबमोजिम ती कार्यसमेत समाप्त भइसकेका छन् । तर, पहिलो पटक भएको गठबन्धन छिटै टुटेको हुनाले त्यसबेला बनेको मन्त्रिमण्डल पनि कायम छैन भन्न सकिन्छ । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रापालगायत पार्टीहरू सरकारबाट बाहिरिए । नेतृत्व भने माओवादी केन्द्रले लिइरहेकै छ तर गठबन्धनले अर्को बाटो लिनाले अब बन्ने सरकारमा प्रतिनिधित्व पनि त्यही प्रकारले हुनेमा विश्वास गर्न सकिन्छ ।

नयाँ समीकरण अनुसार बनेको गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । तर, अब नेपालको संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम स्वतन्त्र रहनुपर्ने कारणले आफ्नो सांसद पदबाट उहाँले राजीनामा दिइसक्नु भएको छ । अब उहाँ नेपाली कांग्रेसको नेता नभएर सबैको साझा राष्ट्रपति बन्नुभएको छ । पटक-पटक उच्च पदहरूमा रहिसक्नु भएका उहाँ विवादमा कम पर्नुभएको र भ्रष्टाचारको दाग नलागेका नेता हुनुहुन्छ । त्यसैले उहाँमा नेपाली जनताको आशा र भरोसा छ । अस्ति तीन गते शुक्रबार नेपालको उपराष्ट्रपतिका लागि भएको निर्वाचनबाट रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

यो पनि उच्च गरिमायुक्त पद हो तथापि गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झाले आफ्नो अधिकार क्षेत्रका बारे प्रश्न उठाउँदै आपूmलाई कुनै अधिकार नदिई अधिकारविहीन अवस्थामा राखिएको भनेर सार्वजनिक रूपमै गुनासो गर्नुभएको थियो । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादव, प्रथम उपराष्ट्रपति परमानन्द झा र हाल तृतीय उपराष्ट्रपति गरी तराई मधेसले गणतन्त्र नेपालको तीनजना राष्ट्रपतिमा एकजना र तीनजना उपराष्ट्रपतिमा दुईजनाबाट तराईको प्रतिनिधित्व गराएको छ । यसैगरी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनः निर्वाचित हुनुभएको थियो । दोस्रो पटक राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र जनजातिको प्रतिनिधिन्त भएको थियो भने तेस्रो वा हालका राष्ट्रपति, उपराष्ट्रपतिमा ब्राहृमण र तराईवासीको प्रतिनिधित्व भएको छ ।

यसरी हेर्दा हालसम्म तराईवासी, महिला, जनजाति, ब्राहृमणबाट राष्ट्रपति र उपराष्ट्रपतिमा प्रतिनिधित्व भएको छ । दलगत रूपमा हेर्ने हो भने नेपाली कांग्रेस, एमाले माओवादी केन्द्रजस्ता ठूला पार्टीका साथै तराईवादी पार्टीहरूको उक्त पदहरूमा प्रतिनिधित्व भइसकेको छ । राष्ट्रपति, उपराष्ट्रपतिको तेस्रो कार्यकालसम्ममा प्रायः सबैजसोको प्रतिनिधि भइसकेको देखिन्छ । दलितलगायत अन्य केहीको प्रतिनिधित्व हुन बाँकी छ । नेपालमा दुई-तीन पटक कुनै निश्चित दलको एकल बहुमत आएको तर विभिन्न कारणले पूर्णकार्यकाल रहन नसकेको इतिहास छ । बाँकी आवधिक निर्वाचनबाट बसैको बहुमत पुग्न नसकका कारण मिलिजुली सरकार बन्दै काम चलाउँदै गरेको अवस्था छ ।

पछिल्लो समयमा त यस्तो अवस्था पटक-पटक दोहोरिइरहेको छ । हालका दिनमा यस्तै अवस्थाको निरन्तरता कायम छ । पहिलो गठबन्धन टुटेपछि हालको गठबन्धन बनेको हो र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण मन्त्रिमण्डल विस्तार हुन सकिरहेको छैन । प्रधानमन्त्री मातहत नै डेढ दर्जन जति मन्त्रालय रहेका छन् । यस्तो अवस्थामा सरकारले काम गर्न सक्ने अवस्था विद्यमान रहँदैन । अब भने राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन समाप्त भइसकेका कारण अब सरकार विस्तार हुने निश्चित छ र त्यसमा गठबन्धनमा रहेका पार्टीहरूको समानुपातिक प्रतिनिधित्व पनि हुने अपेक्षा गर्न सकिन्छ । हालै सम्पन्न राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबाट रामचन्द्र पौडेल र रामसहायप्रसाद यादवलाई विजयी गराउन गठबन्धनकै एकताबाट सम्भव भएको हो ।

त्यस कारण यो गठबन्धन भने पहिको जसरी तुरुन्तै विघटनको अवस्थामा पुग्नुहुँदैन । यसले जति लामो समयसम्म एकाता कायम राख्न सक्छ निश्चय पनि देशको स्थिरतामा यसले सधाउ पुर्‍याउन सक्छ । वर्तमन राष्ट्रपति, उपराष्ट्रपतिमा पहाडको र मधेसको अनि फरक-फरक दुई पार्टीको प्रतिनिधित्व भएको, त्यो प्रतिनिधित्व गराउन भने गठबन्धनमा रहेका सबैको योगदान रहेको कारण ती पदहरूमा जो-जो पुग्नुभएको भए तापनि उहाँहरू सबैको साझा प्रतिनिधि बन्नुभएको छ । यसका लागि नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना साथै उहाँलाई विजयी बन्न सहयोग पुर्‍याउने सबै पार्टी तथा व्यक्तिहरूलाई धन्यवाद ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?