रोनाल्डोको गोलमा अल नासरको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिग फुटबलमा अभालाई पराजित गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा नासरले अभालाई २–१ ले हराएको हो ।

नासरको जितमा रोनाल्डो र टेलिस्काले एकरएक गोल गरे । अभाको लागि अब्दुलफताहले गोल गरे ।

यो जितसँगै नासरले २१ खेलबाट ४९ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा रहेको छ । १२ औँ स्थानमा रहेको अभाले २१ खेलबाट २३ अंक जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?