नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

आईतवार संसद भवनस्थित ल्होत्ले हलमा बैठक शुरु भएको हो । संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रश्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ ।

आज संसदमा पेस हुने (संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ प्रश्तुत हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?