जुम्ला बहुमुखी क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

२०६५ सालपछि निर्वाचन हुन नसकेको जुम्लाका बहुमुखी क्याम्पसमा लामो समय पछि धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पाउँदा क्याम्पस परिवार खुसी भएको निर्वाचन अधिकृत तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले जानकारी दिनुभयो ।विद्यार्थी संगठनहरुबीच हुने विवादका कारण निर्वाचन स्थगित हुँदै आएपनि यतिबेला मर्यादित रुपमा निर्वाचन गर्न पाउँदा हामी हर्षित छौं ।

उहाँले भन्नुभयो ,'हामीलाई विद्यार्थी संगठनले साथ दिए। निर्वाचित भएर आउने प्रतिनिधिमुलक संस्था नहुँदा कयौंपटक क्याम्पसलाई अप्ठ्यारो परेको निर्वाचन अधिकृत खत्रीको भनाइ छ।  कुल ७८२ विद्यार्थी भर्ना भएका मध्ये ५२८ जनाले मात्रै परिचयपत्र लिएका थिए। मतदानमा करिब ५१३ जना विद्यार्थीले भाग लिएको निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।

देशका तीन ठूला राजनीतिक पार्टीका विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी सहित राप्रपाको राप्रविसंघ, विप्लवको अखिल क्रान्तिकारी विप्लव, नेमकिपाको नेक्राविसंघ चुनावी प्रतिस्पर्धामा उत्रिएको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ। सो क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर तह तथा व्यवस्थापन संकायको स्नातक तहमा अध्यापन हुने गरेको छ। निर्वाचन सकिए लगत्तै विद्यार्थी संगठनको रोहबरमा मुचुल्का उठाई सिल गरिएको छ। अपरान्ह छ बजेबाट मतगणना सुरु हुने निर्वाचन अधिकृत प्रकाश खत्रीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?