इक्वेडर भूकम्पः सोह्रजनाको मृत्यु, चार सय बढी घाइते

Read Time = 2 mins

कुएन्का । शनिबार मध्याहृनतिर पेरु र इक्वेडरमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाले ज्यान गुमाएका छन् भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ ।

क्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन् भने भत्केका भवनका भग्नावशेषमा सवारीसाधन पुरिएका र केही सवारीसाधन कुच्चिएका छन् । कम्पनबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एकजनाको घटनास्थलमा मृत्यु भएको छ ।

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो । रासस÷एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?