‘मिस लिम्बू’का प्रतियोगीले देखाए प्रतिभा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ‘मिस लिम्बू’को छैटौं संस्करणमा सहभागी १८ जना प्रतिस्पर्धीले ‘ट्यालेन्ट’ राउण्डअन्तर्गत आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । याक्थुङ युथ एसोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू’को यस संस्करणमा नेपाललगायत भारतको सिक्किमबाट समेत प्रतिनिधित्व रहेको छ । प्रतिभा प्रस्तुत गर्ने क्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय, प्रहसनलगायत कला प्रस्तुत गरेका थिए ।

ट्यालेन्ट शोका लागि पूर्वमिस लिम्बू सानु नेम्बाङ, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, लिम्बू विद्यार्थी संघका अध्यक्ष दीपा लक्सम, छमटमी सिजन-२ का विजेता सरोज प्रजा, एपी वान टेलिभिजनका मार्केटिङ अफिसर रोशन सुवेदी र किरात थाक्थुङ चुम्लुङ सांस्कृतिक परिषद्का अध्यक्ष गोविन्द आङबुङ निर्णायक रहनुभएको थियो ।

‘मिस लिम्बू’को यस संस्करणमा अनिला तुम्बापो लिम्बू, अंशु पारघरी लिम्बू,अस्मिता मादेन, विपिका सेलिङ लिम्बू, ज्वाला कुरुम्बाङ, काजल सेलिङ लिम्बू, कृतिका चोङबाङ, ममता आङ्बो, मुन नाल्बो लिम्बू, मुना चेम्जोङ, निरु खापुङ, नीता लिम्बू, फुङनिमा योङहाङ, रेनुका तुम्सा, रोजा मादेन, साम्माङ थाम्सुहाङ, सुषमा इम्सोङ र भिनुमा पहिम प्रतिस्पर्धा हुनुहुन्छ ।

ट्यालेन्ट राउण्डको नतिजा फाइलनको दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष तथा गायका भीम लिम्बूले जानकारी गराउनुभयो । यो प्रतियोगिताको ग्राण्ड फिनाले यही चैत ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम संयोजक एवं गायक रुकमान लिम्बूले जनाउनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?