जनियस म्युजिक अवार्डको आवेदन खुला

Read Time = 2 mins

काठमाडौं । जिनियस म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन पनि खुला गरीसकेको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु जिनियस म्युजिक अवार्डको मूल उद्देश्य रहेको जनाइएको छ ।

जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा वर्ष गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ ।

यही मेसोमा स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा चौथो संस्करणको अवार्ड गर्न लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७९ सालभित्र सार्वजनिक भएका नेपाली गीतसंगीतले यस ‘चौथो जिनियस म्युजिक अवार्ड’मा आवदेन दिन सक्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?