रसिकको ‘छन्द आराधना’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । छन्दमा काव्य र काव्यमा देश खोज्ने मोफसलका कवि रोहिणि रसिकको पुस्तक सार्वजनिक गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले कञ्चनबारी, विराटनगरमा हालै आयोजना गरेको एक विशेष कार्यक्रममा ‘छन्द आराधना’ कवितासंग्र्रह लोकार्पण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार हरिप्रसाद रिमाल अनि भागवत आचार्य, दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेललगायतका व्यक्तिले संयुक्त रूपमा लोकार्पण गरेको उक्त पुस्तकका बारेमा समालोचक दधिराज सुवेदीद्वारा प्रकाश पारिएको थियो ।

कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधु पोखरेल, बाबुराम पोखरेल, भरत गुरागाईं बर्बरिक, फणिन्द्र पराजुली, मञ्जुश्री गिरी, किशोर कोइराला, यशोदा अधिकारी आचार्य, प्रिन्स प्रमोद ढकाललगायतको रचनात्मक उपस्थिति रहेको थियो । रावासावा प्राज्ञिक समाज काठमाडौंद्वारा प्रकाशनमा ल्याइएको ‘छन्द आराधना’ मा विविध विषयका ७२ छन्द कविता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?